

दाङका मालपोत कार्यालय प्रमुख खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ , पुस २
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दाङका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका क्रममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर सेवाग्राहीलाई घुस दिन बाध्य पारेको आरोप पत्रमा उल्लेख छ ।
चारैजनाको आपसी मिलोमतोमा कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि हुन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया