

कपिलवस्तुमा कोरोना बढ्दो, एकैदिन २ को मृत्यु


मंसिर १३ कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोभिड—१९ अर्थात कोरोना भाईरस दैनिक रुपमा बढीरहेको छ । तर सरकारले जारी गरको लकडाउन हटे यता जिल्लाको जनजीवन सामान्य गतिमा फर्र्किदै गएको छ ।
नगरिकहरु पुरानै जीवनशैली र दैनिक क्रियाकलामा फर्किएका छन् तर संक्रमणका हिसाबले भने कपिलवस्तु अझै जोखिमको स्थितिमा रहेको छ । हाल जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्यो यो समाचार तयार पार्दा सम्म ९३ जना रहेका छन् । त्यस्तै जिल्लाभर कोरोना संक्रमण पुष्टी हुनेका संख्या १ हजार ८ सय ५७ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म कोरोनाका कारण कपिलवस्तुमा १९ जनाको ज्यान गएको छ । पछिल्लो पटक कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर २ गोरुसिँगे बस्ने ७१ वर्षका एक पुरुष र सोही ठाउँका ७७ वर्षिय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै अहिले सम्म कपिलवस्तुमा १ हजार ७ सय ४४ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टी भएकाहरुको विभिन्न कोरोना विशेष अस्पतालहरुमा उपचार भईरहेको छ ।
अहिले कपिलवस्तुमा कोराना भएको र नभएको छुट्टाउन नसकिने स्थितिमा पुगको छ । सरकारी निकाय देखि निजीस्तरका संघसंस्थाहरुले औपचारीक कार्यक्रमको आयोजना गरिरहेका छन भने सामाजिक दुरीको पालना र सरकारले भनेको सर्तकताका उपायको कुनै पालना भएको छैन ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया