

यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान


मंसिर, १२ काठ्माडौँ ।
मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएका हुन् ।
दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् ।
सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिएकी छन् ।
विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनकि गर्ने गरेको छ ।
मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत थियो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो शुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद्को भनाइ छ ।
महाशाखाका अनुसार नेपालमा बिहीबार र शुक्रबार उच्च पहाडीरहिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रबार रातिबाट भने केही सुधार आउने छ ।
महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, बागमती र गण्डकीमा मौसम सामान्य बदली हुनेछ । केही पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया