

तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको एक अध्ययन


मंसिर ११, काठ्माडौँ ।
नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४।४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि हिमाली क्षेत्रमा सबै भन्दा धेरै ४।३९ प्र्रतिशत मूल्यवृद्धि रहेको देखाएको छ ।
राष्ट्र बैंकले साउनदेखि असोजसम्मलाई आधार मानेर गरेको अध्ययनअनुसार सबैभन्दा कम मूल्यवृद्धि भने पहाड क्षेत्र रहेको छ । पहाड क्षेत्रमा मूल्यवृद्धि ३।०३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३।३५ प्रतिशत मूल्यवृद्धि रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा यो वर्षको असोजसम्ममा मूल्यवृद्धिमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ४।८९ प्रतिशत, तराईमा ५।७५ प्रतिशत, हिमालमा ५।११ प्रतिशत र काठमाडौं उपत्यकामा ८।१४ प्रतिशत रहेको थियो । त्यस्तै, उपभोक्ता मुद्रा स्फीतिदर पनि घटेको छ । आर्थिक वर्षको सुरुदेखि नै घट्दोदरमा रहेको मूल्यवृद्धि असोज मसान्तमा ३।७९ प्रतिशतमा ओर्लेको विवरणमा उल्लेख छ । खाद्य तथा गैरखाद्य मुद्रास्फितिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फिति घटेको राष्ट्र बैंकले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया