

बाँकेमा विभिन्न पार्टी तथा दलहरुका तीन सय भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

सुरेश कुमार पाण्डे ,१० मङ्सिर

बाँकेको डुडुवा गाउँपालिका ३ बन्कट्टीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रमको माध्यमबाट विभिन्न पार्टी तथा दलहरुका नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन ।
डुडुवा गाउँपालिकाका अध्यक्ष शकिल खानको अध्यक्षतामा बुधबार बन्कट्टी गाउँमा दशै, तिहार, नेपाल सम्बत, मोहम्मद डे तथा छठ लगायतका पर्वको उपलक्ष्यमा आयोजित चियापान, शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा विभिन्न पार्टी तथा दलहरुमा आबद्ध तीन सय भन्दा बढी नेता कार्यकर्ताहरु पुर्व पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन।
करिब तीन हजार भन्दा बढी जनताहरुको उपस्थितिमा नेपाली काँग्रेस, जनता समाज पार्टी, राष्ट्रिय प्रजातान्त्र पार्टी, लगायतका पार्टी तथा दललाई परित्याग गरि नेकपामा प्रवेश गरेका ३०० भन्दा बढी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले फुल माला तथा अबिर लगाएर भव्यपुर्ण तरिकाले स्वागत गरेको कार्यक्रमका अध्यक्षले जानकारी दिनुभयो । प्रमुख अतिथिले प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई बधाई तथा अगामी दिनका लागी शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेता सकिल खानको अध्यक्षतामा आयोजित कार्यक्रममा
प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज ‘अथक’, लुम्बिनी प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री आरती पौडेल, नेकपाको केन्द्रिय सदस्य मोहम्मद हारुन हल्वाई, ताज मोहम्मद, नेकपाका जिल्ला सचिब असोक कोइराला लगायतका जिल्लाका नेताहरुले कार्यक्रममा नव प्रवेश गरेका नेताहरु लाई स्वागत गर्दै दशै, तिहार, नेपाल सम्बत, मोहम्मद डे तथा छठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना दिएका थिए ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया