

बालयौन दुराचार आरोपमा कपिलवस्तुबाट एक शिक्षक पक्राउ


मंसिर १० कपिलवस्तु ।
बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा कपिलवस्तुका एक प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका(१० भगवानपुर स्थित बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंगलबार पक्राउ गरेको हो । जिल्ला सदरमुकाम तौलिहवामा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई खबर गरेका थिए। गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भईरहेको बताउनुभएको छ ।
प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्षकी बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेका थिए। घटनाको पूरा विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ । प्रिन्सिपलले बालिकाहरूलाई यौनजन्य दुव्र्यवहार गरेको उनका परिवारले आरोप लगाएका छन् ।
आरोपि बिरुद्ध पाँच दिनको म्याद थप गरि जिल्ला अदालतबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया