

कोरोना खोप वितरणमा विभेद हुनसक्ने चिन्ता, थप अनुसन्धानको जरूरत : डब्लुएचओ


मंसिर ९, ई–साझाकुरा
पछिल्लाे समय विभिन्न देशहरूले काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेकाे र तिनकाे सफलता ९० प्रतिशत माथि रहेकाे बताइएकाे छ । केही महिनाभित्रै खाेपहरू पूर्ण स्वीकृति पाएर बजारमा अाउनसक्ने देखिन्छ । तर यही बेला खाेप वितरणमा विभेद हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेकाे छ ।

डब्लुएचओका प्रमुख डा. टेड्राेस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसाे नहुने हाे कि भन्ने चिन्ता रहेकाे बताउनुभयाे । उहाँले संसारभर काेराेना प्रभावित नागरिकलाई सहज रुपमा खोप पुर्याउन करोडौं डलरको साझा कोष आवश्यक रहेको बताउँदै ठूला र सम्पन्न देशले साना मुलुकलाइ विभेद गर्न नहुने धारणा राख्नुभएकाे छ । साथै खोपको सफलता नजिकै रहेकाे र अब यसकाे वितरणका लागि सबै देश तयारीमा जुट्नु जरूरी रहेकाे उहाँकाे धारणा छ ।
डा टेड्रोसले काेराेनाविरूद्धका भ्याक्सीनको परीक्षणले ल्याउने सकारात्मक नतिजाको प्रतीक्षामा आफूहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकाकाे अक्सफाेर्ड विश्वविद्यालयले बनाइरहेका खाेपकाे प्रभावकारिता बढी देखिएकाे छ । खोपको प्रभावकारीताका बारेमा अझै थप अनुसन्धान जारी रहेको उहाँकाे भनाइ छ ।
विगतदेखि नै डब्लुएचओले कोरोना महमामारी नियन्त्रणका लागि विश्वका देशहरूबीच सामुहिक एकता र सहकार्य हुनुपर्नेमा जाेड दिँदै आएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया