

इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्सकाे खेल बराबरीमा



मंसिर ९, ई–साझाकुरा
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ अंकसहित नवौँ स्थानमा छ ।
यस्तै, गएराति भएकै अर्को खेलमा बर्नलीसँग क्रिस्टल प्यालेस पराजित भएको छ । बर्नलीले क्रिस्टललाई एक शून्य गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा बर्नलीका क्रिस उडले गरेको गोल नै उसका लागि निर्णायक गोल बन्योे । जारी लिगमा बर्नलीको यो पहिलो जित हो । बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया