

खुल्यो अर्घाखाँचीको सुपा देउराली मन्दिर


नवराज बेल्वासे, मंसिर ७ कपिलवस्तु ।
विश्व व्यापी कोरोना भाईरसका कारण विगत ८ महिना देखि बन्द रहेको अर्घाखाँचीको पर्यटकिय मन्दिर सुपा देउराली मन्दिर खुल्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार बिहान ५ बजे देखि ७ बजे सम्मका लागि अारतीको समयमा मन्दिर खोलिएको बताईएको छ । मन्दिर भित्रबाट पुजा गर्नका लागि समयमा नै मन्दिर पुगेर पुजा गर्न सकिने मन्दिरका पुजरीले बताएका छन् । ७ बजे पछि भने प्रहरीले नै स्वयं मन्दिरको ढोका बन्द गरिदिने बताईएको छ ।
लामो समयसम्म कोरोना भाईरसले चहलपहल नरहेको त्यस क्षेत्र अहिले भने बिहानको समयमा मात्रै हजारौँको संख्यामा मन्दिर दर्शन गर्न पुग्ने गरेका छन् ।
मन्दिर खुले सँगै मन्दिर छेउछाउ रहेको होटल र फोटोग्राफर भने खुसि रहेको व्यापारीहरुको भनाई छ । मन्दिरले मात्र सञ्चालनमा अाउने ती व्यवसाय लामो समयपछि सेवा दिन पाउँदा खुसि लागेको देउराली होटलका सञ्चालकको भनाई रहेको छ । कोरोनाले चौपट्टै पारेको त्यस क्षेत्रको व्यवसाय मन्दिर खुलेपछि भने केही राहत मिलेको व्यापारीहरुको भनाई रहेको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया