

निःशुल्क पीसीआर परीक्षणका लागि आजदेखि स्वाब संकलन गर्ने


मंसिर ७, ई–साझाकुरा
काठमाण्डौ महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ ।
सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।
काठमाण्डौ महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गर्नुभएको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभएको छ ।
लकडाउन हटेसँगै बजारमा चहलपहल र भीडभाड बढेको तथा मुख्य चाडपर्व पनि भर्खरै सकिएको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न चुनौती रहेको उहाँको भनाइ छ । मेयर शाक्यले भीडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार अगाडि बढ्ने बताउनुभएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया