

३ लाख बढी घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

मंसिर, ५ बुटवल ।
मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो ।
जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया