

आफैंले बोकेको बन्दुक पड्किएर युवकको मृत्यु



दाङ
दाङमा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ का ४१ वर्षीय भोज बहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मंगलबार राति करिब साढे ८ बजेतिर सोही ठाउँका अर्का टोपबहादुर घर्ती र भोज बहादुर बन्दुक लिई कालिज सिकार गर्न जाने क्रममा भीरबाट लडेका र टोप बहादुरले बन्दुक लिने क्रममा पड्किँदा भोजबहादुरको पेटभन्दा माथि गोली लागेको थियो। घटनास्थलमै भोजबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए। त्यसैगरी प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया