

ट्रकको ठक्करबाट मृत्यु भएका तीनै जनाको परिचय खुल्यो



कार्तिक २६, ई–साझाकुरा
दाङको देउखुरी स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमझियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताउनुभयो ।
मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटना स्थिलमै मृत्यु भएको थियो । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भन घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया