

कोरोना संक्रमितको संख्या सात हजार नजिक : रुपन्देही



कार्तिक २१, ई–साझाकुरा
भैरहवा–बिहीबार रुपन्देहीमा १३२ जना कोभिड–१९ संक्रमित थपिएका सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४१ पुगेको छ।
बिहीबार साँझ ५ बजे सम्म रुपन्देहीका १० पालिकाका ६३ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बिहीबारसम्ममा सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १८ महिला र २२ पुरुष गरी ४० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका ३२ जना, सिद्धार्थनगर नगरपालिकामा २५ जना, ओमसतियामा ११, सैनामैनामा ६, सियारी र शुद्धोधनमा ५–५ जना, देवदहमा ४, लुम्बिनी सांस्कृतिक र मायादेवीमा २–२ जनामा संक्रमण देखिएको छ।
संक्रमित मध्ये १ हजार ७ सय १२ जना उपचाररत छन्। ४ हजार ९ सय ५४ जना निको भएका छन् भने हाल सम्म ७५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया