पहिलोपटक मजदूरका लागि गाउँपालिकाद्धारा सञ्चय कोष स्थापना

ई–साझाकुरा, कार्तिक १६

स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो ।

गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ ।

दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए ।

चालु आर्थिक वर्षमा सार्वजानिक विकास निर्माणका काममा मजदुरलाई संलग्न गराई उनीहरुको बैंक खातामा ज्याला रकमबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने पालिकाले १५ प्रतिशत थप गरिदिनेछ ।

प्रतिक्रिया

खबर सबै