


मृत भेटिएको हात्ती , छैन् दारा र पुच्छर



बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेला परेको छ। हात्तीको ढाडमा गोलीको खत भेटिएको हुँदा तस्करले मारेको हुन सक्ने अनुमान गर्न सकिन्छ। हात्ती मर्नुको कारण अन्य चोट हो वा सिकारीका कारण भन्नेबारे भने अनुसन्धान भइरहेको रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिएका छन्।
जंगलमा बाख्रा चराउने क्रममा स्थानीय बासु पौडेलले मरेको हात्ती देखेपछि स्थानीयलाई खबर गरेका थिए। लगत्तै डिभिजन वन कार्यालयका भट्टराईको टोली घटनास्थल पुगेको थियो।

हात्तीको शरीरमा प्रशस्तै घाउ चोट छन्। हात्ती आँखा नदेख्ने भएकाले आम मानिसले प्रहार गरेका ढुङ्गामुढा लागेका हुनसक्ने अनुमान गरिएको छ।
करिब एक महिनाअघि हात्ती गह्नाएको अवस्थामा जंगलमा भेटेपछि असोज २२ गते चितवनबाट आएको टोलीले उपचार गरेको थियो। उपचारपछि सामान्य अवस्थामा फर्किने आशा गर्दै १०–११ दिन हात्तीको निगरानी गरिए पनि हात्ती मृत भेटिएको हो।
योसँगै झापामा पछिल्लो २ वर्षमा ३ वटा हात्ती मरिसकेका जिल्ला वन कार्यलय प्रमुख विष्णु घिमिरेले बताए।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया