

ठूलो मात्रामा ल्याइएको पटाका नागढुंगामा बरामद



कार्तिक १३, ई–साझाकुरा
प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बुधबार (हिजो) बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो ।
बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वषर्ीय नविन जोशीलाई पक्राउ गरिएको थियो ।
उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रेष्ठले बताए । बरामद भएको पटकाको बजार मुल्य अन्दाजी १३ लाख ३० हजार रूपैयाँ रहेको उनले बताए ।
यसैबीच, नागढुंगाकै चेकपोइन्टमै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ ।
डीएसपी श्रेष्ठका अनुसार ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो ।
दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया