भैंसीले हान्दा दाङमा एक महिलाको ज्यान गयो

कार्तिक १२ दाङ।
दाङको देउखुरीमा भैंसीले हान्दा एकमहिलाको मृत्यु भएको छ । भैंसी चराएर घर फर्किने क्रममा गढवा गाउँपालिका ७ मानपुरमा आफ्नै भैंसीले हान्दा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षिय राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

खबर सबै