


माता उतार्ने भन्दै बलात्कार गर्ने धामी प्रहरीको फन्दामा



कार्तिक १२, ई–साझाकुरा
जिल्लाको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङ्की निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक–पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।
अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया