कपिलवस्तुको कृष्णनगर रहेको उखुु खेतीमा आगो लागि

कपिलवस्तु, कार्तिक ११

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब ४:३० बजे नियन्त्रणमा आएको छ ।

 

कम्बाइनबाट काटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ भने करिब २ लाख ५० बराबरको क्षती भएको  सशस्त्र  प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्द ले जानकारी दिनुभएको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनाएको छ । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जानकरी आएपछि कृष्णनगर नगरपालिकाको दमकल , सशस प्रहरी बल,नेपाल प्रहरी तथा स्थानीय व्यक्तिहरु  प्रयासले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया