


कपिलवस्तुको कृष्णनगर रहेको उखुु खेतीमा आगो लागि



कपिलवस्तु, कार्तिक ११
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब ४:३० बजे नियन्त्रणमा आएको छ ।
कम्बाइनबाट काटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ भने करिब २ लाख ५० बराबरको क्षती भएको सशस्त्र प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्द ले जानकारी दिनुभएको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनाएको छ । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जानकरी आएपछि कृष्णनगर नगरपालिकाको दमकल , सशस प्रहरी बल,नेपाल प्रहरी तथा स्थानीय व्यक्तिहरु प्रयासले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया