


२०७ पुगे कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमित



कात्तिक ११ कपिलवस्तु
कपिलवस्तु जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । संक्रमित दुबैजना कोरोना अस्पताल वुटवलमा रहेको घिमिरेले बताउनुभयो ।
यसैबिच आज थपिएका सँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमण पुष्टी हुनेको संख्या १ हजार ६ सय २५ पुगेको छ । त्यस्तै जिल्लामा कोरोनाका सक्रिय संक्रमितहरुको संंख्या २ सय ७ रहेको छ ।
यता जिल्लाको वाणगंगा नगरपालिकामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या आज साँझ सम्म ९१ जना रहका छन् । उनीहरु मध्ये केहीलाई डिस्चार्ज गर्नुपर्ने रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई भोली डिस्चार्ज गरिने भएको छ । पछिल्लोपटक नगरपालिकामा नयाँ संक्रमितहरु फेला नपरेको पनि उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया