थप ५७० संक्रमित फेला, १४ जनाको मृत्यु 

कात्तिक ११ काठमाडौं ।
देशभर नोभेल कोरोना भाइरसका थप ५७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् । आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन्  भने दुई हजार ९३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।आइतबार देशभर दुई हजार ८५६ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ३३६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर एक हजार ७४१ जना कोरोना संक्रमित थपिएका थिए भने चार हजार ५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

खबर सबै