


सुरु हुन थाल्यो जाडो, जुम्लाको तापक्रम माइनस १.५ डिग्रीमा



कार्तिक ११, ई–साझाकुरा
मुलुकभर क्रमशः चिसाे बढ्नै गएकाे छ । सूर्य दक्षिण ढल्किँदै जाँदा उत्तरी गाेलार्धमा चिसाे बढ्दै जान्छ ।
नेपालमा अहिले चिसाे बढ्न थालेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो । त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाकाे रेकर्ड अनुसार जुम्लाको न्यूनतम तापक्रम २ दिनअघिसम्म १.६ डिग्री सेल्सियस थियो । तर साेमबारबाट भने माइनसमा झरेकाे छ । तर त्यहाँकाे अधिकतम तापक्रमचाहिँ २२ डिग्रीसम्म हुने माैसमविदकाे बनाइ छ ।
यसैगरी काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै छ । मौसम पूर्वानुमान महाशाखाकाे मापनमा काठमाडाैँकाे न्यूनतम तापक्रम १४ डिग्री र २७ डिग्री सेल्सियससम्म देखिएको छ । उता ताप्लेजुङकाे तापक्रम पनि माइनसमा मापन भएकाे छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया