

भान्जको बिहे भोजमा गएका एक पुरुषक खुट्टा छिनालिएको अवस्थामा फेला



कार्तिक ११, ई–साझाकुरा
तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो। आक्रमणबाट विक गम्भीर घाइते भएका छन्।
विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दिएका छन्।
उनको दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ।
घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी सिंहले जानकारी दिए।
बाँकेबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइहरेको भन्ने खबर आएको सिंहले बताए ।
अत्यधिक रक्तस्राव भएका कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ।
‘गएराति नै हामीले तुलसीपुरमा रगत दिएर घाइतेलाई नेपालगञ्ज पठाएका हौं,’ डिएसपी सिंहले भने ‘खुट्टा छिनालिएको हुँदा अत्यधिक रक्तस्राव भएको छ। घाइतेको अवस्था चिन्ता जनक छ।’
घाइते विक गोलौरीमा भान्जाको विहे खान भनि आएका थिए। भान्जाको घरबाट नवलपुरस्थित घर तर्फ जाँदै गरेका विकलाई पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेर शक्त घाइते तुल्याएको प्रहरीले बताएको छ।
गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरि अस्पताल पुर्याएको थियो।
यसैबीच प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताएको छ।
गौलौरीका एक स्थानीय युवाले सेतोपाटीलाई दिएको जानकारी अनुसार दशैंको दिन बेलुका स्थानीय चौधरी युवाहरूका बीचमा आपसमा कुटाकुट भएको थियो।
उनीहरू मध्ये बाटो ढुकेर बसेको एक समुहले नचिनेर विकमाथि सांघातिक आक्रमण गरेको हुन सक्ने आशंका प्रहरीले पनि गरेको छ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया