


राष्ट्रपति कार्यालयको आग्रह सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाऔँ



कार्तिक ११, ई–साझाकुरा
राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी हुन थालेको भन्दै यसलाई मर्यादित र शिष्ट बनाउन आग्रह गरेको छ। राष्ट्रपति कार्यालयले हरेक विषयलाई राजनीतिक आँखाबाट नहेर्न पनि सबैमा अनुरोध गरेको छ।
पछिल्लो समय भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीको भेटसँगै सरकारको चर्को आलोचना भइरहेको र यसले सरकारप्रति नागरिकको आक्रोश बढेपछि राष्ट्रपति कार्यालयको यस्तो प्रतिक्रिया आएको हो।
यस्तो कार्यालयको अनुरोध
कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक संजाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ । हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया