

दसैंमा के खाने, अनि कसरी खाने ? जानिराखौँ





कात्तिक १० स्वास्थ्य
दसैं भन्नेवित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आमबुझाइ छ। त्यसैले दशैंंमा आ–आफ्नो गच्छेअनुसार सबैका घरमा नयाँ लुगा लगाउने र मिठो परिकार पाक्ने गर्छ।
दशैंमा सबैभन्दा बढी खपत मासुकै हुन्छ। हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा। यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ। त्यसका अलावा कुखुराको मासु र माछा पनि अत्यधिक प्रयोग हुन्छ। मासुमा अत्यधिक मरमसाला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ।
दसंैमा १० पटक खानुपर्छ भन्ने मान्यता छ, त्यसैले अन्य बेलामा भन्दा बढी खानेकुरा पाक्छन्। दसैंमा मासुका विभिन्न परिकार बनाई बिहान, दिउँसो र साँझ मुख्य परिकारका रुपमा खाने प्रचलन छ। स्न्याक्समा पनि मासुकै प्रयोग बढी हुन्छ।
दसैंका बखत कार्यालयका साथै शिक्षण संस्थाहरु पनि बन्द हुने भएकाले सबै फुर्सदमा हुन्छन्। दसैंमा घरमै बसी परिवारका साथमा होस् या साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै जुवातास खेल्ने, टिभी हेर्ने, साथी जम्मा भएर गफ गरेर समय बिताउँने चलन छ। शारीरिक कसरत कम हुने र खाना पनि चिल्लो र मसालायुक्त हुन्छ, जसले गर्दा मोटोपन बढाउने र दीर्घ रोगीहरुलाई रोग बल्झने सम्भावना प्रवल हुन्छ।
मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ। साथै निरोगी मानिस पनि आफ्नो वजन बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने गर्छन् चाडबाड सकिनासाथ।
दसैंमा अत्यधिक रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन्। यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो।
चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन। दसैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ। त्यसो भयो भने कुनै समस्या हुँदैन।
सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ। जस्तैः एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ। यसरी खाना खाएमा निरोगी हुन मद्दत गर्छ। १० पटक खाने भनेर जति बेला पनि मासु खानैपर्छ भन्ने मान्यता गलत हो। फलफूल, सलाद, भटमास साँदेर पनि खान सकिन्छ। आफ्नो शरीरले मागेको जति खानेकुरा खाएर पनि चाडबाड मनाउन सकिन्छ।
चाडबाडमा मासुसँगै मौसमी फलफूल र सागसब्जीलाई भान्सामा समावेश गर्न सकियो भने मासु राम्रोसँग पचाउन मद्दत गर्छ र रोगबाट बच्न सकिन्छ।
खानामा दैनिक रुपमा फलफूल समावेश गर्न सकियो भने भिटामिन र मिनिरल प्रशस्त मात्रामा पाउन सकिन्छ। मासुलाई उसिनेर राम्रोसँग छाला निकालेर थौरै तेलमा पकाएर खानु स्वास्थ्यकर हुन्छ।
दसैंमा खानाका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। दैनिक आधा घन्टा आफ्नो लागि समय निकालेर शारीरिक कसरत गर्नाले रोग नियन्त्रण हुनुका साथै खाना पच्न मद्दत गर्छ।
डा सिंह पोषणविद् हुन्


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया