काठमाण्डाैकाे टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गयो

कार्तिक १०, ई–साझाकुरा

काठमाण्डौको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ ।

हिजो दिउँसो टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा ज्यान गएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

खबर सबै