


जाडोमा चार लाख सम्म कोरोना संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय



कार्तिक ९, ई-साझाकुरा
सरकारले जाडो महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा बृद्धि हुने अनुमान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने अनुमान गरेको हो । सोही आंकलनमा रहेर त्यसलाई रोक्न आवश्यक तयारीमा मन्त्रालय जुटेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ ।
दिनप्रतिदिन संक्रमण बढीरहेको छ । जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ । यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयावह छ ।
नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने अनुमान गरिएको छ । यस्तै, दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन सरकारले गरेको छ


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया