


कोरोना कहर ९ दिनमा आमा छोरा दुवैको मृत्यु



कार्तिक ९, ई–साझाकुरा
कावासोतीमा कोरोना संक्रमणबाट ९ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।
कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीका अनुसार पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको थियो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।
असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भनाइ छ ।
आइतबार ती महिलाका दाजु, भतिजा र छोरीको रिपोर्ट पनि पोजिटिभ आएको छ । वडाध्यक्ष अधिकारीका अनुसार आमाको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी छोरीको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट एकै परिवारमा २ जनाको ज्यान गएको यो पहिलो घटना हो । आइतबारसम्म पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गइसकेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया