


पूर्वगृहमन्त्री शर्मालाई कोरोना



कार्तिक ९, ई–साझाकुरा
पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका थिए । शनिबार साँझ आएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया