


यसपटक टीका लगाउँदा ध्यान दिनैपर्ने विज्ञका १२ सुझाव



कार्तिक ९, ई–साझाकुरा
नेपालमा कोरोनाभाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ।शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ।
काठमाडौं उपत्यका लगायत ठूला शहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ।
सोहीकारण यसपटक टीका लगाउँदा संक्रमण थप फैलन नदिन विशेष ध्यान दिनुआवश्यक छ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिएका छन।
१. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने
२. ६ फिटको दुरी कायम गरेर बस्ने
३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने
४. टीका दिनेले प्रत्येक पटक हात धुने
५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने
६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने
७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने
८. मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने
९. साबुनपानीले हात धोइरहने
१०. भीडभाड पटक्कै नगर्ने
११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने
१२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने
साभार : नेपाल खबर


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया