

स्वस्थ र शिक्षित भए देश समृद्धिको बाटोमा अघि बढछ प्रदेश सांसद के.सि


सुशील गैरे, कार्तिक ८
खेलले मानिसलाई स्वस्थ बनाउने स्वस्थ मानिस भए पछि स्वस्थ सभ्य समाजको निर्माण हुने समाज स्वस्थ भए देश स्वस्थ र शिक्षित हुने देश स्वस्थ र शिक्षित भए समृद्धिको बाटोमा अघि बढने प्रदेश सांसद अर्जुनकुमार के सीले बताउनु भयो ।
बुद्धशक्ति करातेले शिवराज ९ को कार्यलयमा आयोजना गरेको बिजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउनु भएको हो।
विकसित देशहरूले अर्थतन्त्रमा मात्र नभई देशको छबि उच्च राख्न खेल क्षेत्रमा ठुलो लगानी गरीरहदा नेपालमा खेल क्षेत्रलाई सौतेनी व्यबहार गरेको महसुस भएको हुदा नेपाल सरकारले पनि खेल क्षेत्रमा लगानी गर्नु पर्ने उहाले बताउनु भयो ।
अहिले खेलाडीहरुले आफ्नै बलमा खेल क्षेत्रलाई दिएको योगदानको सम्मान रहेको बताउदै सानैदेखि देखि खेल तर्फ आकर्षित गर्न सके बढी भन्दा बढीलाई खेल क्षेत्रमा आबद्ध गराउन सके देश स्वस्थ शिक्षित भएर अघि बढने यो बिश्वब्यापी रुप्मा प्रमाणिात भएको उवाको भनाई थियोे ।
प्रदेश सरकारले अहिले खेल क्षेत्रमा केही खेल र खेलाडीहरुलाई खाने बस्ने ब्यवस्था सहित प्रशिक्षणको ब्यवस्था गरेको पनि जानकारी गराउनु भयो ।
शिवराज नगरपालिका ९ को आर्थिक सहयोग बुद्धशक्ति करातेको आयोजना मा कपिलवस्तु कराते संघका अध्यक्ष तथा बुद्धशक्ती करातेका प्रमुख प्रशिक्षक रामु सुनारको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सान्सद अर्जुनकुमार के सी प्रमुख अतिथि रहनु भएको हो त्यस्तै शिवराज ९ का अध्यक्ष चुर बहादुर खड्का ,ने क पा नगर कमिटी अध्यक्ष दिनेश पुन,प्रदेश बिभाग सदस्य जिवलाल पौडेल ,शिवराज का युवा समाज सेवी त्तथा खेलकुद बिभाग संचालक सरोज कुमार पौडेल ब्यापार संघका अध्यक्ष महादेव पोख्रेल लगायत स्थानीय खेलाडीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया