भारतले खोल्यो जोगबनी नाका , नाका खुलेपछि नेपालतर्फ थप चुनौती बढ्यो

कोरोना संक्रमण नियन्त्रणका लागि विगत ८ महिनादेखि बन्द रहेको जोगबनी नाका भारतले शनिबारदेखि खोलेसँगै नेपालतर्फ थप चुनौती बढेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत दुवै देशले नाका बन्द गरेका थिए । भारतले जोगवनी नाका खोलेपनि मान्छेको आवतजावत भने बढेको पाइएको छैन ।

जोगवनी तर्फका व्यापारीहरुले भने नेपालको पनि नाका खोल्नुपर्ने, व्यापार गर्न पाउनु पर्ने भन्दै विरोध जनाएका स्थानीयले बताएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला अनुसार भारतले नाका खोलेपनि नेपाल तर्फ भने कात्तिक ३० गतेसम्म बन्द रहने मन्त्री परिषदको निर्णय अनुसार बन्द नै रहने र त्यसपछि मात्र मन्त्रीपरिषदको निर्णय अनुसार अगाडि बढ्ने निरौलाको भनाई रहेको छ ।

प्रतिक्रिया

खबर सबै