


प्रहरीको हत्या गर्ने ७ जना सार्वजनिक



कार्तिक ४,धनगढी
तस्करी रोक्न खोज्दा प्रहरीको हत्या गर्ने समूहका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गर्ने धनगढी उपमहानगरपालिका–१० बाट उनीहरूलाई पकाउ गरी मंगलबार बेलुका सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १० का पर्कु भन्ने वर्ष ३१ को रोहित राना, वर्ष २० को राजेन्द्र राना, वर्ष ३० को चोर भन्ने सुरेश राना, वर्ष २५ को गब्बर भन्ने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, वर्ष २९ को टल्लु भन्ने दलराम राना र वर्ष २५ को राम गोपाल राना रहेका छन्।

उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। प्रहरीले आरोपीको बयानका आधारमा शनिबार राति नै उनीहरूको हत्या गरिएको बताएको छ। त्यस राति ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा गएका गए।
वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिन प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गर्दा दुवै जनाको हत्या गरेका थिए।
हत्या गरेपछि बोक्दै घिसार्दै तस्करहरूले नेपाल–भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फालेर फरार भएका थिए।
त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेट जाँदा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो।
लअभिि ष्ल
त्यसको भोलिपल्ट मंगलबार बिहान सवा १० बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो।
सेवामा खटिएकै बेला ज्यान गुमाउनुपरेका प्रहरीका परिवारलाई अमर प्रहरीको परिवारका हैसियतले उच्च सम्मान दिइने प्रहरीको भनाइ छ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया