

गुनासोरहित कार्यालय बनाउने अभियानमा रुकुम पुर्व


कात्तिक ४ रुकुम पुर्व
जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) ले गुनासो रहित जिल्ला प्रशासन कार्यालय घोषणा र सोको व्यवहारमा कार्यान्वयनको शुरुवात गरेको छ । कार्यालयलाई गुनासोरहित बनाउने अभियान थालनी गरेको जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सरल, प्रभावकारी, पहुँचयोग्य तथा सेवाग्राहीमैत्री बनाउन हरेक दिन नयाँ कामको अवधारणा ल्याएको पत्रकारहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताउनुभयो ।
आज रुकुम –पूर्व) र रुकुम –पश्चिम) दुई वटा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ राइले गएको भदौ महिनाबाट सुरु गरिएको गुनासोरहित जिल्ला प्रशासन कार्यालय अभियानअन्तर्गत विभिन्न रचनात्मक गतिविधि सुरुवात गरिएको र सकारात्मक प्रतिफल प्राप्त भइरहेको बताउनुभएको छ ।
उहाँले भदौ महिनामा गरिएका ३१ दिनका ३१ काम र असोजको महिनामा गरिएका ३० दिनका ३० कामसमेत सार्वजनिक गर्नुभएको छ । सेवाग्राहीलाई सरकारी सेवा प्राप्तिमा झन्झट झेल्नु नपरोस र हरेक कार्यालयको सेवा प्रवाह नमुनायोग्य बनोस भन्ने योजनाका काम गरिरहेको प्रजिअ राइले बताउनुभएको छ ।
उहाँका अनुसार कार्य विभाजन तथा कार्य सम्पादन करार सम्झौता गरेर वार्षिक कार्ययोजना बनाइएको छ । हरेक दिन नयाँ काम गर्ने र त्यसको समिक्षा महिनाको अन्तिम दिनमा गर्ने गरेको प्रजिअ राइको भनाई छ ।
यस्तै गएको भदौ महिनाबाट सुरु गरिएको यस यस कामले प्रशासनमा शुशासन कायम गर्नुका साथै नागरिकलाई सेवा प्रवाह गर्न सहज भयको सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले बताउनुभयो । रुकुम –पूर्व) भौगोलिक हिसाबले पनि विकट भएकाले हुकाम, मैकोट लगाएतका क्षेत्रबाट दुई देखि चार दिनसम्म लगाएर सेवा लिन पुग्ने नागरिकको सहजताको लागि पनि केही नयाँ काम गर्ने योजना प्रशासनले बनाएको उहाँले बताउनुभएको छ ।
अहिले प्रशासनले कार्यालय परिसरमा सचेनामुलक डिजिटल बोर्ड, सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउँने, व्यवस्थित अभिलेखीकरण, सेवाग्राहीको लागि सहायता कक्ष स्थापना, सरकारी कार्यालयहरुको सम्पति अध्यावधिक, पुस्तकालय सञ्चालन, आगन्तुकहरुको लागि निरीक्षण पुस्तिका राखी सुझाव संकलन लगाएतका कार्यहरु जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ ।।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया