


यातायात मन्त्री नेम्बाङलाई कोरोना संक्रमण



कात्तिक ३ काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि मन्त्री नेम्बाङ होम आइसोलेसनमा बसेका छन्।
नेम्बाङका प्रेस संयोजक संयोजक सन्दीप राईले यसबारे जानकारी दिएका छन्। मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि होसियारी अपनाउन अपिल गरेका छन्।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको थियो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूलाई पनि कोरोना देखिएको थियो।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया