

कोरोना पछि पहिलो पटक लुम्बिनी प्रदेश लोक सेवा आयोगद्धारा स्वास्थ्य र इन्जिनियरिङतर्फ कर्मचारी माग



ई–साझाकुरा, असोज २८
स्थापनापछि पहिलो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ । आयोगले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ ।
त्यस्तै इन्जिनियरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको छ । इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनियरलगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सूर्यप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले दोब्बर दस्तुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया