

विवादित मुद्दा टुङ्ग्याउन ओली र प्रचण्डबीच छलफल



ई–साझाकुरा, असोज २८
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका आन्तरिक समस्या सुल्झ्याउन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लागातार छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा दुई नेताबीच सहमति नहुँदै कर्णाली प्रदेशको विवाद निस्किएपछि केही दिनयता नेताहरु अन्य विषय छाडेर कर्णाली प्रदेशको विवाद मिलाउन लागि परेका थिए ।

मंगलबार दुई नेताबीच कर्णालीको समस्या समाधानका लागि प्रदेश पदाधिकारीहरुलाई असोज २९ गते काठमाडौ झिकाएका दुई नेताले सो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा बुधबार बिहान पनि छलफल गरेका छन् ।
बुधबार बिहान सवा नौ बजेदेखि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले छलफलको विषयबारे आफुलाई धेरै कुरा थाहा नभएपनि पार्टीभित्र देखिएका समस्याका विषयमा कुराकानी भएको हुनसक्ने बताए ।
कर्णालीमा देखिएको समस्या र पार्टी एकता लगायतका विषयमा कुराकानी भएको हुनसक्छ’ सापकोटाको भनाई छ ।
गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्देशनअनुसार यही असोज महिनाभित्र नेकपाको एकताको बाँकी काम सम्पन्न गर्नुपर्ने हुन्छ । तर दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन् ।
असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना लयाउन निर्देशन दिएको थियो । आगामी चैतमा महाधिवेशन गर्ने योजनामा रहेको नेकपाले यही कार्तिक दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया