

अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ : सांसद आचार्य




असोज २७, अर्घाखाँची ।
लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो ।
अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटतालगायतका कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछि अब विकासको ढोका खोलिएको बताउनुभयो । देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछि परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।
ठूलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनि अग्रगामी छलाङ मार्ने बताउनुभयो ।
शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठूलो विपत्ति आइलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीलगायत भूमिसुधार मन्त्रालयमा गएर आफूले कुरा राखेको पनि उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया