

लुम्बिनी प्रदेश : उपसभामुख सहित ३५ जनामा कोरोना संक्रमण



असोज २७ बुटवल ।
लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।
संक्रमण पुष्टी भएसंगै उपसभामुख कृष्णी थारु भैरहवास्थित सरकारी निवासको आइसोलेसनमा बसेकी छन् र अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ ।
गएको असोज १९ र २० गते प्रदेश सभा वैठक बसेको थियो । उक्त वैठकका क्रममा प्रदेश सभा वैठकमा नाराबाजी र कुर्सी तोडफोड समेत भएको थियो । सो क्रममा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया