

कपिलवस्तु कारागारका एक कैदीमा कोरोना संक्रमण



कपिलवस्तु कारागारका एक कैदी कोरोना संक्रमित भएका छन । कर्तव्य ज्यान मुद्दामा ढेड बर्ष देखि सजाय भुक्तान गरीरहेका शिवराज नगरपालिकाका ५५ बर्षिय घुरे पासीमा कोरोना संक्रमण पृष्टि भएको हो । । श्वासप्रश्वासका बिरामी पासीको भैरहवा स्थित भीम अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको जेलर राकेश पाण्डेले बताए । गत असोज २० गते बिरामी भए पछि पासीलाई कपिलवस्तु् अस्पतालमा उपचारकालागि लगिएको थियो ।

त्यहा उपचार हुन नसके पछि थप उपचारकालागि भीम अस्पताल लगिएको थियो । उपचारर्कैै क्रममा स्वाब संकलन गर्दा पासीमा गत असोज २५ गते नै कोरोना संक्रमण पुष्टी भएको जेलर पाण्डेले बताए । जेल प्रशासनले भेटघाटमा प्रतिबन्ध लगाएर सवधानी अपनाएको दाबी गरे पनि कारागारमा कोरोना संक्रमण फैलिए पछि त्यहा अहिले त्रास बढेको छ ।
पासी नया भवनको बि ब्लकमा बस्ने गरेका थिए । कारागारको दुई ब्लकमा गरी ४ सय २३ जना कैदीबन्दी छन । यस्तै कारागारमा ३६ जा नेपाली सेना र १६ जना नेपाल प्रहरीका कार्यरत छन । कारागारका अन्य कैदी बन्दीहरुलाइृ के गर्ने बिषयमा जिल्ला सुरक्षा समितिले बैठकमा छलफ गरी टुंगो लगाउने जेलर पाण्डेले बताए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया