
कपिलवस्तु कारागारका एक कैदीमा कोरोना संक्रमण

कपिलवस्तु कारागारका एक कैदी कोरोना संक्रमित भएका छन । कर्तव्य ज्यान मुद्दामा ढेड बर्ष देखि सजाय भुक्तान गरीरहेका शिवराज नगरपालिकाका ५५ बर्षिय घुरे पासीमा कोरोना संक्रमण पृष्टि भएको हो । । श्वासप्रश्वासका बिरामी पासीको भैरहवा स्थित भीम अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको जेलर राकेश पाण्डेले बताए । गत असोज २० गते बिरामी भए पछि पासीलाई कपिलवस्तु् अस्पतालमा उपचारकालागि लगिएको थियो ।

त्यहा उपचार हुन नसके पछि थप उपचारकालागि भीम अस्पताल लगिएको थियो । उपचारर्कैै क्रममा स्वाब संकलन गर्दा पासीमा गत असोज २५ गते नै कोरोना संक्रमण पुष्टी भएको जेलर पाण्डेले बताए । जेल प्रशासनले भेटघाटमा प्रतिबन्ध लगाएर सवधानी अपनाएको दाबी गरे पनि कारागारमा कोरोना संक्रमण फैलिए पछि त्यहा अहिले त्रास बढेको छ ।
पासी नया भवनको बि ब्लकमा बस्ने गरेका थिए । कारागारको दुई ब्लकमा गरी ४ सय २३ जना कैदीबन्दी छन । यस्तै कारागारमा ३६ जा नेपाली सेना र १६ जना नेपाल प्रहरीका कार्यरत छन । कारागारका अन्य कैदी बन्दीहरुलाइृ के गर्ने बिषयमा जिल्ला सुरक्षा समितिले बैठकमा छलफ गरी टुंगो लगाउने जेलर पाण्डेले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया