
व्यवस्थापन संकायका स्थगित परीक्षा मंसिरमा गर्ने : त्रिवि

ई–साझाकुरा, असोज २७
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ।
मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै सुरू गर्न लागिएको हो।

त्रिविले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुरानै तरिकाबाट परीक्षा लिन लागेको छ। त्रिवि व्यवस्थापन संकायका अनुसार सेमेस्टर तर्फका स्थगित परीक्षा मंसिर तेस्रो साताबाट सुरू हुन्छ।
सरकारले स्थगित परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएसँगै त्रिविले गत असोज ६ मा बैठक गरी स्थगित परीक्षाहरू अब सञ्चालन गर्दै जाने निर्णय गरेको थियो।
परीक्षा तालिका छिट्टै प्रकाशित गरिने त्रिविले जनाएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया