

अर्घाखाँचीका कांग्रेस नेतामा कोरोना संक्रमण


ई–साझाकुरा, असोज २७
अर्घाखाँचीमा नेपाली कांग्रेसका नेताहरुमा कोरोना संक्रमण भएको छ। शितगंगा नगरपालिकामा असोज ९ गते गएको पहिरोमा राहत तथा पुन:स्थापनामा खटिएकाहरुमा कोरोना संक्रमण देखिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए।
नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, महाधिवेसन प्रतिनिधि तथा संगठन विभाग प्रमुख कृष्णप्रसाद खनाल, जिल्ला सदस्य सिता भुसाल, कला तथा सास्कृतिक विभाग प्रमुख मणिराम परियार, नेपाली कांग्रेस शितगंगा नगरपालिकाका सभापति मोतीबहादुर बेल्बासे लगायतका नेताहरुमा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल लगायत सुरक्षा निकायका प्रमुख, रेडक्रस सभापति, अर्घाखाँची अस्पतालका चिकित्सकसहितका सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण भएको छ।
अर्घाखाँचीमा समुदायस्तरमा बढी घुलमेल गर्नेहरु नै कोरोना संक्रमित भएका छन्। जिल्लामा कुल संक्रमित ४ सय ९१ मध्ये हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९६ रहेको छ। कोरोनाका कारण जिल्लाका ४ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ९१ रहेको छ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया