

अर्घाखाँचीका कांग्रेस नेतामा कोरोना संक्रमण



ई–साझाकुरा, असोज २७
अर्घाखाँचीमा नेपाली कांग्रेसका नेताहरुमा कोरोना संक्रमण भएको छ। शितगंगा नगरपालिकामा असोज ९ गते गएको पहिरोमा राहत तथा पुन:स्थापनामा खटिएकाहरुमा कोरोना संक्रमण देखिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए।
नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, महाधिवेसन प्रतिनिधि तथा संगठन विभाग प्रमुख कृष्णप्रसाद खनाल, जिल्ला सदस्य सिता भुसाल, कला तथा सास्कृतिक विभाग प्रमुख मणिराम परियार, नेपाली कांग्रेस शितगंगा नगरपालिकाका सभापति मोतीबहादुर बेल्बासे लगायतका नेताहरुमा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल लगायत सुरक्षा निकायका प्रमुख, रेडक्रस सभापति, अर्घाखाँची अस्पतालका चिकित्सकसहितका सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण भएको छ।
अर्घाखाँचीमा समुदायस्तरमा बढी घुलमेल गर्नेहरु नै कोरोना संक्रमित भएका छन्। जिल्लामा कुल संक्रमित ४ सय ९१ मध्ये हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९६ रहेको छ। कोरोनाका कारण जिल्लाका ४ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ९१ रहेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया