


एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक



ई–साझाकुरा, असोज २७
एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन याे योजना ल्याएको हो । (Sastodeal and Gyapu Marketplace ) मा २० प्रतिशत वा.२००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएकाे बैंकले जनाएको छ ।
बैंककाअनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया