

आईपीएल : बेग्ङ्लोर तेस्रो स्थानमा उक्लियो



असोज २७, काठमाण्डौ
इन्डियन प्रिमियर लिग ९आईपीएल०मा रोयल च्यालेञ्जर्स बेग्ङ्लोरले पाँचौं जित निकालेको छ । सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बेग्ङ्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो । बेग्ङ्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।
त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बेग्ङ्लोरको स्कोर ९४(२ रन बनाएको थियो । कप्तान कोहली र एबीडेभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै कोलकातालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । उनले ६ छक्का तथा पाँच चौका प्रहार गरे । कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे । कोलकाताका आन्द्रे रसेल र प्रशिद्ध कृष्णले एकरएक विकेट लिए ।
जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो । उसका तीन खेलाडीले मात्र दोहोरो अङ्क जोड्न सके । राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरी पेभेलियन फर्किए ।
कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा उसका महत्वपुर्ण पाँच विकेट झरेका थिए । जसमा टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । यस्तै नितिश राना नौ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन बनाए ।
एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्तिममा ११२ रनमा रोकियो । बलिङमा बेग्ङ्लोरका लागि वासिङ्टन सुन्दरले दुई विकेट लिए । जितसँगै बेग्ङ्लोरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहोरेको छ । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया