

भालुवाङमा प्रदेश राजधानी क्षेत्रको भूकम्पीय जोखिम मापन




असोज २६, देउखुरी
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ। राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमनसँगै त्रिभुवन विश्व विद्यालय भूगर्व शास्त्र केन्द्रीय विभागद्वारा राप्ती गाउँपालिका क्षेत्र, शीतगंगा र गढवाको रङसिङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको हो।
भूगर्भ शास्त्री डा। सुमन पन्थी, डा।सुवेश घिमिरे र डा। कमलाकान्त आचार्यको टोलीले इलेक्ट्रिकल रेजिस्टिभिटी सर्भेको माध्यमबाट २ दिनदेखि यस क्षेत्रको भौगोलिक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका बारेमा अध्ययन गरिएको छ।
प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरू पैदा हुने तरगंको कारण र अवस्थाका बारेमा अध्ययन गरिएको टोलिका भूगर्वशास्त्री डा। सुवेश घिमिरेले जानकारी दिए।
भूगर्वशास्त्री डा। घिमिरेले विगतको अवस्थालाई अध्ययन गर्दा कुमाउदेखि पोखरा लमजुङसम्मको क्षेत्रमा ठूलो भूकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन अनुसन्धान गरिएको बताए। भूकम्पीय जोखिम मापनका लागि उच्चस्तरको भियस(३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जियोफोनको प्रयोग गरी सेस्मोग्राफको माध्यमबाट धेरै टाढाबाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधिको प्रयोग गरेको उनले बताए।
हिमालय क्षेत्रमा भारत महादीप ठाउँअनुसार हरेक वर्ष करिब २ देखि ५ सेन्टिमिटरका दरले एशिया महादिपतर्फ ९नेपालका सन्दर्भमा चीन तर्फ० धस्रिँदै जाने र हिमालयन प्लेटका आधारमा भूकम्पीय धक्काको अनुमान गर्न सकिने हुँदा यस क्षेत्रको अध्ययन गरिएको टोलिका भूगर्व शास्त्री डा। कमलाकान्त आचार्यले बताए। प्रदेशका लागि आगामी दिनमा ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको भूबनोटको बारेमा जानकार हुनु आवश्यक रहेकोले आगामी दिनमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्राकृतिक प्रकोपसँग जमिनमा कस्तो प्रतिक्रिया आउँछ भन्ने पत्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भूगर्भ शास्त्री डा।सुमन पन्थीले बताए।
राप्ती तटीय जमिनको अवस्था र तराई, मधेस पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गाउँपालिका क्षेत्र, शीतगंगा साथै गढवा क्षेत्रको भूकम्पीय जोखिम मापनपश्चात् विश्व विद्यालयले सरोकारवालाहरूलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने उनले बताए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया