

ज्यान मुद्दाका फरार व्यक्ति १६ वर्षपछि पक्राउ



असोज २६, दाङ
दाङमा प्रहरीले ज्यान मुद्दाका फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका(११ कटाँहाका ५१ वर्षीय टेकबहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
२०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सुनाएको थियो। त्यसपछि उनी फरार बनेका थिए। केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका(३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।
उनी सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए। उनलाई दाङ ल्याएर सोमबार दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको डिएसपी खड्काले जानकारी दिए।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया