

दुई जनाविरुद्ध २ अर्ब ३९ करोड बिगो राखेर मुद्दा दायर



असोज २६, काठमाण्डौ
नेपाली नागरिकता लिएर सुनचाँदीको अवैध ओसारपसार गर्ने एक भारतीय र एक नेपाली नागरिकविरुद्ध उच्च अदालत तुलसीपुरमा राजस्व छलीको मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनी र नेपाली नागरिक अमित परियारविरुद्ध दुई अर्ब ३९ करोड रुपैयाँ बिगो र कैद मागदाबी गर्दै सोनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को सोनी गोल्ड एण्ड सिल्भर ज्वेलर्सका सञ्चालक सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएर सुनिल सोनीले अवैध रुपमा सुनचाँदीको ओसार पसार गरेको विभागले जनाएको छ । सुनिललाई सहयोग गर्ने नेपाली नागरिक रुपन्देहीकै अमितलाई विभागले मतियारको रुपमा मुद्दा दायर गरेको छ ।
उनीहरुलाई असार ३० गते प्रहरीले पक्राउ गरेको थियो । सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्राली र मुख्य कारोबारी सुनिल सोनी र अमित परियारले भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख र आयकरतर्फ १६ करोड ४१ लाख रुपैयाँ राजस्व चुहावट गरेकोले दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया