


अर्घाखाँची जिल्ला अस्पताल सबै सेवा सुचारु



उमेश बञ्जाडे, असोज २५ अर्घाखाँची ।
आज जिल्ला अस्पताल अर्घाखाँचीका ४८ जना स्वास्थ्य कर्मीमा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आए लगतै आज साँझ देखि बन्द गरिएका सेवाहरु सुचारु हुने भएका छन्।
असोज १९ गते सोमबार जिल्ला अस्पतालका २२ जना स्वास्थकर्मीको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ प्रयोगशालमा पठाईएको प्राप्त रिपोर्ट अनुसार अस्पतालका पाँच जना डाक्टर र १३ जना नर्समा कोरोना पुष्टि भए लगत्तै आकास्मिक सेवा बाहेकका अस्पतालका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो।
अर्घाखाँची अस्पतालका प्रमुख डा।कपिल गौतम सहित अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी हरुको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आज साँझ देखि आकास्मिक सेवा र प्रसुती सेवा सुचारु हुनेछन भने भोलि देखि ९इएम् ० सेवाहरु सुचारु हुने अस्पतालका प्रमुख ड़ा कपिल गौतमले जानकारी दिनु भएको अर्घाखाँचीबाट हाम्रा सम्बादाता उमेश बन्जाडेले खबर पठाउनुभएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया