

बलात्कार विरुद्ध कालो पहिरनमा उत्रिए कपिलबस्तुका युवती


असोज २४ कपिलवस्तु
देशभर भइरहेका बलात्कारका घटनाहरुका विरुद्ध कपिलबस्तुका युवतीहरुले मौन विरोध गरेका छन् ।
देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको छ यसै क्रममा कपिलबस्तुका युवतीहरुले पनि कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् । ‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेको विरोध प्रदर्शन गरिएको युबतीहरुको भनाई छ ।
उनीहरुले विरोेधको पहिलो चरण अन्तर्गत कपिलबस्तुको ४ नम्बर जितपुर चोकमा मौन रुपमा बिरोध जनाएका हुन । पछिल्लो समय देशभरीका युबतीहरुले देशशभर बलात्कारका घटना बढेको कारणले यसरी जम्मा भएर बिरोध भएको हो । यो अभियान कलिबस्तुका अन्य स्थान र आज देशभरका विभिन्न् ठाउँमा चलेको छ । विरोधमा ५० जना भन्दा बढी युवतीहरु सहभागीता जनाएको छन । शनिबार साँझ पाँच बजेदेखि सुरु विरोध अन्य दिन मा पनि जारी रहने र सो को प्रतिक्रियापछि आगामी कार्यक्रम तय गरिने उनहरुले बताएका छन ।
युवतीहरुको विरोध कार्यक्रमलाई केहि युवा तथा स्थानीयले पनि एउक्यबद्धता जनाउँदै साथ दिएका छन् ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया